काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको छ।
महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन ।यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो।
तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।यस्तै नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ।
राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुखको जिम्मेवारी जोशीलाई दिइएको हो।