Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सार्वजनिक यातायात बन्दको दोस्रो दिन : आज पनि सडकमा छैनन् भाडाका गाडी

सार्वजनिक यातायात बन्दको दोस्रो दिन : आज पनि सडकमा छैनन् भाडाका गाडी

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्दको दोस्रो दिन मंगलबार पनि काठमाडौंमा सार्वजनिक यातायात चल्न सकेनन् ।

हिजो राति नै सहमति भएको भनिएपनि कार्यान्वयनमा नगएकाले यातायात व्यवसायीले बन्द फिर्ता गरेका छैनन् । जसले गर्दा यात्रुहरु समस्यामा परेका छन् ।

यद्यपी आज चक्रपथतिर भने फाट्टफुट्ट भाडाका गाडी चलेका छन् ।

यातायात व्यवसायीले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न माग गरेका छन् ।

सोमबार उनीहरूको मागका सम्बन्धमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयमार्फत निर्णय स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्नेगरी सहमति भएको थियो ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी सरकारले जति चाँडो नियमावली स्थगनको निर्णय गर्छ त्यति चाँडो आफूहरूले यातायातको कार्यक्रम फिर्ता लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077