Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले घटायो कच्चा खानेतेलको आयात शुल्क

भारतले घटायो कच्चा खानेतेलको आयात शुल्क

सोमवार , जेठ २०, २०८२

काठमाडौं । नेपालको निर्यातलाई ऐतिहासिक उचाइमा पुर्‍याएका भटमास, सूर्यमुखी र पाम तेलको कच्चा पदार्थमा भारतले आयात शुल्क घटाएको छ ।

शुक्रबार सूचना जारी गरेर कच्चा खानेतेलको आधारभूत आयात शुल्क १० प्रतिशतले घटाएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि यस्तो शुल्क २० प्रतिशत कायम थियो ।

घटेको भन्सार महसुल कच्चा पाम तेल, कच्चा भटमास तेल र कच्चा सूर्यमुखी तेलमा लागु हुने जनाइएको छ । यससँगै यी वस्तुको कुल भन्सार महसुल १६.५ प्रतिशत पुगेको छ जुन त्यसअघि २७.५ प्रतिशत थियो । कुल भन्सार महसुलमा आयात शुल्कसहित भारतको कृषि पूर्वाधार शुल्क र सामाजिक सुरक्षासँग सम्बन्धित थप शुल्कसमेत जोडिन्छ ।

कच्चा तेलमा आयात शुल्क घटाए पनि प्रशोधित तेलमा भने भारत सरकारले कुनै परिवर्तन नगरेको रोएटर्सले उल्लेख छ । अहिले भारतले प्रशोधित तेलमा ३५.७५ प्रतिशत आयात शुल्क लगाउँदै आएको छ ।

यससँगै कच्चा तेल र प्रशोधित तेलबिचको आयात शुल्कमा १९.२५ प्रतिशतको अन्तर हुने छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै यस्तो निर्णय लिएको उल्लेख गरिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077