Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसा प्रकरण : सडकदेखि सदनसम्म पराकम्प

भिजिट भिसा प्रकरण : सडकदेखि सदनसम्म पराकम्प

बुधवार , जेठ १५, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग सडकदेखि सदनसम्म चर्को रूपमा उठेको छ ।

मंगलबार माइतीघरमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै नारा जुलुस हुँदैगर्दा प्रतिनिधिसभा बैठकमा समेत सोही विषयलाई लिएर नाराबाजी भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु गरेपछि विपक्षी दलहरूका सांसदले उठेर विरोध जनाए । विपक्षी दलका सांसदहरूले निरन्तर विरोध गरिरहेपछि बैठक बुधबार बस्नेगरी स्थगित भयो । यसबीचमा सभामुख घिमिरेले मिलाउने प्रयास गर्दै सदन अगाडि बढाउन खोजे पनि सहमति हुन सकेन ।

मंगलबारको बैठक सुरु भएपछि सभामुख घिमिरेले नियमित कार्यक्रमअनुसार अगाडि बढाउन र विरोध गरिरहेका सांसदलाई आफ्नो कुर्सीमा बस्न आग्रह गरिरहेका थिए ।

तर, सांसदहरूले उठेर विरोध गरेपछि उनले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनलाई आफ्नो धारणा राख्न समय दिए ।

सांसद पुनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग राखे । गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताए ।

सांसद पुनले यस साताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिभुवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन्, उनीहरूबाट ५० हजारदेखि ३ लाख रुपैयाँसम्म उठाइएको भन्ने तथ्य आएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077