Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी

गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उठ्दैगर्दा उनको दल नेपाली कांग्रेसले भने बचाउ गरेको छ । कांग्रेसले सो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्षसमेत निकालेको छ ।

तर, विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले राजीनामा नदिए मंगलबार बस्ने संसद् बैठक अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका विपक्षी दल गृहमन्त्रीले राजीनामा नगरे संसद् बैठक अगाडि बढ्न नदिने तयारीमा रहेका छन् ।

रास्वपा सहप्रवक्ता एवं सांसद मनीष झाले गृहमन्त्री लेखकले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् । उनले सोमबार राजधानीसँग भने, ‘हामी मंगलबारको संसद् बैठकमा आफ्नो कुरा राख्छौं, सत्ता पक्ष कसरी अगाडि बढ्छ, सोहीअनुसार हामी अघि बढ्छौं ।’

भिजिट भिसा प्रकरणमा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले भने मौनता साँधेको छ । यस विषयमा कांग्रेसले नै निर्णय गरोस् भन्दै एमाले बोलेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077