Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीश नियुक्तिमा सधैं ढिलाइ किन ?

न्यायाधीश नियुक्तिमा सधैं ढिलाइ किन ?

बुधवार , जेठ ८, २०८२

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

जनशक्ति अभावका कारण मुद्दा फस्र्यौटमा ढिलाइ भइरहेका बेला सर्वोच्चसहित तीनै तहका अदालतमा हाल ३५ न्यायाधीश पद रिक्त छ । तर, न्यायपरिषद् बैठक पटक–पटक अवरुद्ध हुँदा न्यायाधीश नियुक्ति अनिश्चित बनेको छ ।

अदालतमा पद रिक्त हुनु एक महिनाअघि नै न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले सिफारिस नगरेपछि सर्वोच्च अदालतले परमादेश जारी गर्दा पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

लामो समयदेखि न्यायपरिषद्ले सर्वोच्चलगायत देशभर तीनै तहमा न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि सर्वोच्चमा अधिवक्ता दीपकविक्रम मिश्रले १३ साउन २०७५ मा रिट दर्ता गरेका थिए ।

सो रिटमा अन्तिम सुनुवाइ गर्दै १८ भदौ २०८१ मा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र विनोद शर्माको संयुक्त इजलासले न्यायपरिषद्, प्रधानन्यायाधीश (न्यायपरिषद्को अध्यक्ष) र संवैधानिक परिषद्सहितका विपक्षीका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चले परमादेश जारी गरेको १ वर्ष पुग्न लाग्दा पनि न्यायपरिषद्ले न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077