Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका २४ स्थान भासिने खतरामा

नेपालका २४ स्थान भासिने खतरामा

आइतवार , जेठ ५, २०८२

काठमाडौँ । नेपालका २४ स्थान ‘सिङ्कहोल’ निर्माण हुने अर्थात् जमिन भासिने खतरामा छन् ।

खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो ।

कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमिन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत पनि गराउँदै आएको छ ।

वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको छ ।

विभागका भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार ११ मिटरसम्मको खाल्डो बनेपछि जमिन भासिएर फसेको गाडी त्यही दलदलमै छ ।

गाडी भासिएको चर्चा भइरहँदा देशका धेरै स्थान सिङ्कहोल निर्माण हुने जोखिममा रहेकोतर्फ भने धेरैको चासो पुगेको छैन ।

विभागकै भूविज्ञान महाशाखाका उपसचिव शिवकुमार बास्कोटाका अनुसार झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077