Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरिया अध्यनमा जान एनओसी स्थगित

कोरिया अध्यनमा जान एनओसी स्थगित

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि हालै एनओसी स्थगित गरेको हो । अध्ययनका लागि गएका विद्यार्थीले कोरियामा निकै हैरानी बेहार्नुपरेको भन्दै यसअघि विभिन्न गुनासा आउने गरेका थिए ।

कोरियास्थित नेपाली दूताबासमा समस्या लिएर आउने विद्यार्थी बढेपछि दूताबासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।

परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीका गुनासा तथा उनीहरूले बेहोर्नुपरेका हैरानीका विषयमा जानकारी गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केही समयअघि पत्राचार गरेको थियो ।

मन्त्रालयका अनुसार दक्षिण कोरियामा अध्ययनका लागि जान भन्दै पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ बटा एनओसी जारी गरिएको छ । जसमध्ये २०८१ सालमा मात्रै १० हजारको हाराहारीमा एनओसी जारी भएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077