Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए ।

उनको जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।

नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077