Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

श्रम मन्त्रालयले भन्यो - कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन

श्रम मन्त्रालयले भन्यो - कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी गराएको छ ।

सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि मन्त्रालयले यसबारे जानकारी गराएको हो ।

यसअघि, मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो ।

‘यस विषयमा मन्त्रालयबाट कुनै निर्णय नभएको, मौसमी कामदारका विषयमा हालसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको हो,’ मन्त्रालयले भनेको छ ।

यस्तो काममा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्र पठाइएको भन्दै मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077