Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै, निवास फरक बनाउन रामहरिको खतिवडाको प्रस्ताव

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै, निवास फरक बनाउन रामहरिको खतिवडाको प्रस्ताव

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

आईतबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

सरकारको खर्च कटौती हुने बताँउदै उनले भने, ‘सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था छैन् । ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077