Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमा सुनुवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमा सुनुवाइ हुँदै

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनवाइ हुँदैछ ।

विगत चार वर्षदेखि कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मा बसेको उक्त मुद्दामा आजदेखि पुनः सुनवाइ हुन लागेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेका थिए ।

जसको विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखत प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो ।

अब उक्त रिटमाथि निरन्तर सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077