Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहान ७ बजेदेखि अवरुद्ध भएको सडकमा ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको हो ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुइनखोला भन्ने स्थानमा पल्टिएको थियो ।

कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077