Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दुर्घटनामा नेपाल प्रहरीका असई खतिवडाको मृत्यु

दुर्घटनामा नेपाल प्रहरीका असई खतिवडाको मृत्यु

शनिवार , बैशाख २७, २०८२

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा भएको पिकअप भ्यान दुर्घटनामा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

उदयपुरस्थित घरबाट घरायसी सामान लिएर दुहबीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक छेउको फलामको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त घटनामा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको बताइएको छ ।

घाइते अवस्थामा रहेका खतिवडालाई तत्काल विराट टिचिङ अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा शनिबार दिउँसो १२ः२१ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएका छन् ।

प्रसनि खतिवडा त्रियुगा नगरपालिका–८ राजाबासका बासिन्दा हुन्। उनी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077