Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सभामुख घिमिरेले भने - प्रणाली बिरुद्धको अभियानलाई जनताले नै निगरानी गर्नुपर्छ

सभामुख घिमिरेले भने - प्रणाली बिरुद्धको अभियानलाई जनताले नै निगरानी गर्नुपर्छ

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने बताएका छन् ।

शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको उनले बताए ।

सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम भइरहेको बताए ।

उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘काठमाडौँको चैत्र १५ गतेको बिरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ । नेताको बिरुद्धमा र अहिलेको प्रणाली वा नीतिको बिरुद्धमा अभियान छ । यो संसदीय प्रणाली, वा शासन प्रणालीको बिरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरु उठाएको छ । ’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077