Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने

२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस  ३ दिन मनाइँने भएको छ ।

लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको जानकारी दिएको छ ।

कोषले शनिबार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म गरिने कार्यक्रमहरूबारे जानकारी गराएको हो ।

कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताएका छन् ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए ।

गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उहटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।

वैशाष २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुनेछ ।

तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077