बाजुरा । बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ ।
बाजुरा प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको हो ।
जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । विस्फोटको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान थालेको छ ।