एजेन्सी । अमेरिकाले भारत र पाकिस्तानलाई हिंसा रोक्न आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा युद्ध, सेना र हिंसा समाधान नभएको भन्दै आक्रमण रोक्न आग्रह गरेकी हुन् ।
उनले नयाँ विचार र कूटनीति नै पुस्तौँदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान भएको बताइन् ।
‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन,’ उनले भनिन् ।