Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राजावादीको एकता कसैले कमजोर बनाउन सक्दैन : कमल थापा

राजावादीको एकता कसैले कमजोर बनाउन सक्दैन : कमल थापा

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकतालाई कमजोर बनाउन नसक्ने बताएका छन् ।

बिहीबार राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं ।’

काठमाडौंमा जेठ १५ गते लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उनको दाबी छ ।

उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077