काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले टीओडी मिटरको छिनोफानो विद्युत् नियमन आयोगले गर्नुपर्ने बताएका छन् ।
विद्युत् नियमन आयोगको छौठौं वार्षिकोत्सवमा आयोजित समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले ट्रंक लाइन डेडिकेटर र ट्रंक लाइनको विद्युत् महशुल नउठाउ नभनेको स्पष्ट पारे ।
उनले भने, ‘टीओडी मिटरका विषयलाई लिएर यतिधेरै विवाद भयो । तिर्नुपर्ने रकम नतिर्ने, विद्युत् प्राधिरकणले बक्यौता उठाउन नसक्ने र अनर्गल प्रचार गरियो । यसले कसलाई फाइदा पुर्याउँछ ? वास्तवमा यसको छिनोफानो गर्ने जिम्मेवारी नियमन आयोगको हो । उपभोक्ता भन्नुहुन्छ हामी तिर्न तयार छौं, बिल दिने संस्था भन्छ हामीले जे लेख्यौं त्यही बिल हो, अर्थात् हामीले पठाएकै बिल हो । भनेपछि त्यो बिल ठिक छ की छैन्, भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो ।’