काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले देश अहिले आर्थिक र विकासको हिसाबले गम्भीर संकटको मोडमा रहेको बताउँदै प्रमुख सूचकांकहरू डामाडोल अवस्थामा रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,देश अहिले आर्थिक र विकासको हिसाबले यस्तो संकटको मोडमा छ, यहाँ देशका प्रमुख सूचकांकहरू डामाडोल अवस्थामा छन् । बेरोजगार युवाहरू विदेशीन बाध्य छन् । तर, आम नागरिकको पीडामा सरकारको यो नीति तथा कार्यक्रम सुक्खा भाषण जस्तै सुनिएको छ ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको उनले बताए ।