Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

बिहिवार , बैशाख २५, २०८२

काठमाडौ । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ ।

शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेको हो ।

गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेकामा आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको रुपन्देही प्रहरीले जनाएको छ ।

आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो दमकलले निभाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077