Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नेपालीले सञ्चालन गर्ने पानी जहाजमा अनिवार्य नेपाली झन्डा

नेपालीले सञ्चालन गर्ने पानी जहाजमा अनिवार्य नेपाली झन्डा

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य राख्नुपर्ने गरी कानुन बनाइँदैछ ।

सरकारले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

हाल यो विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।

विधेयकमा झन्डा राख्नु पर्ने व्यवस्था अनिवार्य छ ।

ऐन बमोजिम दर्ता भएको प्रत्येक व्यापारिक पानीजहाजमा नेपालको झन्डा राखु पर्ने र पानीजहाजमा राखिने झन्डाको आकार, स्वरूप तथा प्रकृति सम्बन्धी व्यवस्था राखिएको छ ।

झन्डा राष्ट्रियताको चिन्हको रुपमा प्रयोग गर्नुपर्ने भनिएको छ ।

व्यापारिक पानीजहाजको झन्डा त्यस्तो जहाजको राष्ट्रियताको चिन्ह हुने र झन्डाले पानीजहाजलाई विदेशी बन्दरगाह वा समुद्रमा रहँदा अन्तर्राष्ट्रिय महासन्धि बमोजिमको सुविधा तथा सम्मानको अधिकार प्राप्त हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुन्छ ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि नेपालीले विदेशका समुन्द्रमा समेत पानी जहाज सञ्जालन गर्न सक्नेछन् । त्यसका लागि सरकारले पहल लिने लगायतका व्यवस्था प्रस्तावित छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077