काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोगीलाई हेलाँ नगर्न कानुनमा संशोधन गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले कुष्ठरोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताएका हुन्।
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागि हालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गर्दै उनले उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आम सञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए ।