Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

तिनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

तिनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित मुनिभैरब मन्दिर अगाडि बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान कोटेश्वरबाट बानेश्चरतिर आइरहेको बा३ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेका बा.प्र.०१–०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकलको पछाडि सवार ललितपुरको धोबीघाट बस्ने २३ वर्षीय नगिना तामाङको उपचार क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगरको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तै ,भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077