Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर नियुक्तिमा सत्तारूढ दलमा षड्यन्त्रको गन्ध

गभर्नर नियुक्तिमा सत्तारूढ दलमा षड्यन्त्रको गन्ध

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । गभर्नरको पदावधि सकिएको एक महिना बितिसक्दा पनि सरकार गभर्नर नियुक्तिमा उदासीन देखिएको छ ।

गभर्नर नियुक्तिमा कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना बाधक देखिएकी छन् । यद्यपि, यो नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको कुटिल चाल रहेको बुझाइ कांगे्रस वृत्तमा परेको छ ।

प्रधानमन्त्री ओलीको उम्मेदवारका रूपमा रहेकी ढुंगानालाई गभर्नर बनाउने वा कामुलाई नै निरन्तरता दिने पक्षमा एमाले रहेको बुझिएको छ । सोही कारणले ढुंगानालाई निमित्त नबनाईकन कायम मुकायम दिएको र कांगे्रेसले सिफारिस गरेका गुणाकार भट्टको राजीनामा स्वीकृत गर्न नलगाएको आरोप रहेको छ ।

कांग्रेसको सोही बुझाइलाई थेग्न नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेका कारण गभर्नर नियुक्ति नभएको नभई राष्ट्र बैंकको भित्री कारण भएको भनेर बचाउ गर्न खोजेका थिए ।

भट्टको राजीनामा स्वीकृत नगरीकन गभर्नर नियुक्त गरेको खण्डमा कानुनी अड्चन आउने र एमालेले कोही कसैबाट मुद्दा दायर गर्ने रणनीति बुनेको बुझाइ कांग्रेस वृत्तको रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077