Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवालाई दबाबमा राख्न प्रधानमन्त्री ओली र प्रचण्डबीच खासखुस

देउवालाई दबाबमा राख्न प्रधानमन्त्री ओली र प्रचण्डबीच खासखुस

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले १९ वैशाखमा आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै कार्यक्रममाथि छलफल सुरु भएको हो ।

प्रधानमन्त्री ओली रोस्ट्रमबाट आफ्नो आसनमा फर्किने र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोस्ट्रममा जाने क्रममा जम्काभेट भएको थियो ।

त्यहीक्रममा प्रधानमन्त्री ओली र प्रचण्डबीच केहीबेर खासखुस भयो । सो क्रममा प्रधानमन्त्री ओलीले हातले इशारा गर्दै प्रचण्डलाई मञ्च देखाइरहेको जस्तो देखिन्थ्यो ।

साथै, प्रचण्डले पनि प्रधानमन्त्री ओलीको कुरामा सहमति जनाए जसरी मुन्टो हल्लाएको जस्तो दृश्य देखिन्थ्यो । त्यसपछि प्रचण्ड मुस्कानसहित रोस्ट्रमतिर र प्रधानमन्त्री ओली आफ्नो आसनतर्फ अघि बढेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077