Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संकटमा ओली सरकार : देउवाको पर्खाइमा प्रचण्ड

संकटमा ओली सरकार : देउवाको पर्खाइमा प्रचण्ड

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासहित उनी गत आइतबार बैंकक गएका हुन् ।

उनी एक साता लामो बसाइपछि स्वदेश फर्किने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको प्रतीक्षामा छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली र देउवाका बीचमा सम्बन्ध चिसिँदै गएको छ । दोहोरो दबाबमा रहेका देउवाले पनि सरकारका बारेमा बैंककबाट फर्किएपछि कुरा गर्ने प्रचण्डलाई भनेका छन् ।

प्रचण्डले यो कुरा बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा खुलासा गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077