Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टीआरसी आयोगमा १० पदाधिकारी माग, १११ जनाको पर्‍यो आवेदन

टीआरसी आयोगमा १० पदाधिकारी माग, १११ जनाको पर्‍यो आवेदन

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित पदाधिकारी बन्न १ सय ११ जनाको आवेदन परेको छ ।

आवेदन दिनेमा पूर्वप्रधानन्यायाधीशदेखि न्यायाधीश र पूर्वमुख्यसचिवसमेत छन् । जसमा व्यक्तिगत रूपमा ८७ जना र संस्थागत रूपमा २९ जनाको नामबाट सिफारिस समितिसमक्ष आवेदन परेको हो ।

सकारले गठन गरेको सिफारिस समितिले आकांक्षीको आवेदन आह्वान गरेको थियो । आवेदन आफैं दिन सक्ने वा अन्य व्यक्ति तथा संस्थाले पनि सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो ।

अध्यक्ष पदमा आवेदन दिनेमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलगायतले आवेदन दिएका छन् ।

त्यस्तै, पूर्वसांसद राधेश्याम अधिकारी, अधिकारकर्मी सुबोध प्याकुरेल, संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, संविधानविद् विपिन अधिकारीलगायतको आवेदन अध्यक्ष पदका लागि परेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077