डोटी । डोटीमा पहिलोपटक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ ।
खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।
प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सातजना प्रहरी राखेर पोष्ट स्थापना भएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको बताइएको छ ।
Leave a Reply