Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • सेयर बजार २६३१ अंकमा झर्‍यो

    सेयर बजार २६३१ अंकमा झर्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०८२
  • 180
    SHARES

    काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६३१ अंकमा झरेको छ ।

    अघिल्लो दिनको तुलनामा नेप्से १५.०८ अंक घटेको हो । परिसूचकसहित कारोबार रकम पनि घटेको छ ।



    अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो । ५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो ।

    सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो ।

    बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटे ।

    दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ तथा कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशत मूल्य बढ्यो ।

    मध्यभोटेकोशी जलविद्युतकव् मूल्य ९.८ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्टको ७.७, सिन्धु विकास बैंकको ६.६ तथा ग्रिनलाइफ हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।

    बजारको पूँजीकरण ४३ खर्ब ७६ अर्बमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार