Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • हतकडीसहित भागेकी महिलालाई भारतबाट समात्ने सई चन्दसहित ४ प्रहरी पुरस्कृत

    हतकडीसहित भागेकी महिलालाई भारतबाट समात्ने सई चन्दसहित ४ प्रहरी पुरस्कृत

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०८२
  • 1.5K
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक (सई) गजेन्द्र बहादुर चन्दसहित चार जनालाई पुरस्कृत गरेको छ ।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले सई चन्द, प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोष महरा तथा प्रहरी जवान महेश ओझालाई रेकर्डमा जनिने गरी नगदसहित पुरस्कृत गरेका हुन् ।



    उनीहरु सरकारी वकिलको कार्यालय धनगढीबाट हतकडीसहित फरार भएकी महिलालाई भारतबाट पक्राउ गर्न सफल भएका थिए ।

    मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन् ।

    उनलाई सई चन्द नेतृत्वको टोलीले सोमबार बिहान भारतको पलियामा फेला पारेर पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार