काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डाँडामा बसेर २-३ लाख कमाउन सम्भव रहेको दाबी गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन । उनले आफूले गरेको परिकल्पना सम्भव रहेको बताए।
‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईंहरुलाई एउटा प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर २-३ लाख कमाउन सकिन्छ भन्ने कुराको मैले परिकल्पना गरे। कतिलाई रमाइलो पनि भयो। तर, त्यो परिकल्पना हो। सपना हो। सम्भव पनि छ,’ उनले भने।
महामन्त्री थापाले कुनै पनि व्यक्तिलाई हातमा सीप र क्षमता दिनसके महिनाको २-३ लाख कमाउन सम्भव रहेको बताए।
Leave a Reply