काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा अपराध अनुसन्धानतर्फ सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको छ ।
मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सादा पोशाकका प्रहरीसँग अन्तरक्रिया गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत Crime Action Plan (CAP) को अवधारणा अनुसार अपराध अनुसन्धानमा खटिने सादा पोशाकका प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको बताइएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै एआईजी तामाङले प्रभावकारी रुपमा सूचना संकलन गर्न निर्देशन दिए । साथै उनल सूचना विश्लेषणको सम्बन्धमा निर्देशन दिएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत कार्यक्रममा सहभागी थिए ।
यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply