Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • हुण्डी कारोबारमा संलग्न गोरखाकी करिना ९ लाखसहित पक्राउ

    हुण्डी कारोबारमा संलग्न गोरखाकी करिना ९ लाखसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 498
    SHARES

    काठमाडौं । हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् ।

    काठमाडौँको न्युरोडबाट पालुङटार नगरपालिका-१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई प्रहरीले आइतबार ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।



    प्रहरीले काठमाडौँ महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ ।

    उनमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार