काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सगरमाथा संवाद’मा आउन अस्विकार गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’मा सहभागी हुन नेपालको तर्फबाट आग्रह गरेपनि उक्त समयमा मोदीले आउन नसक्ने बताएका हुन् ।
मोदीले आफ्नो युरोप भ्रमणको कार्यतालिका बनिसकेकाले सहभागी हुन नसक्ने बताएका हुन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को महासभामा भाग लिन थाइल्याण्ड पुगेका ओलीले मोदीसंग भेट गरेर ‘सगरमाथा संवाद’मा सहभागी हुन आग्रह गरेका थिए ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नै मोदी ‘सगरमाथा संवाद’मा आउन नसक्ने जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारत, श्रीलंका, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएको समेत जानकारी गराए।