Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्रीलाई पनि टेरेनन् शिक्षकले, ऐन जारी पछि मात्रै वार्तामा आउने अडान

कार्यवाहक प्रधानमन्त्रीलाई पनि टेरेनन् शिक्षकले, ऐन जारी पछि मात्रै वार्तामा आउने अडान

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं। शिक्षा मन्त्रालयले वार्तामा आउन गरेको आग्रलाई अस्वीकार गरेका आन्दोलनरत शिक्षकहरुले कार्यवाहक प्रधानमन्त्रीले गरेको आग्रहलाई पनि अस्वीकार गरेका छन् ।

शिक्षा ऐन जारी गर्ने उद्दे्रश्य बोकेर आन्दोलन गर्न काठमाडौं आएका शिक्षक महासंघको प्रतिनिधि आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले बोलाएको वार्तामा पनि गएनन् ।

वार्ताका लागि दिउसो तीन बने सिंहदरबारमा बोलाएपनि महासंघले वार्तालाई खारेज गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू चैत २० गतेदेखि काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।

आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले २०८० असोजमा भएको सहमति अनुसार शिक्षा ऐन जारी गर्न माग गरेकी छन् ।

सरकारले पटकपटक सम्झौता गरेर धोका दिएको भन्दै सहमती मात्र नगर्ने आन्दोलनरत शिक्षकहरुले अडान लिएका छन् ।

यसअघि हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको थियो। तर, महासंघले भने वार्ताको औचित्य नभएको भन्दै ऐन जारी गर्न माग गरिरहेको छ ।

महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले भनेका थिए–‘पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ । फेरि वार्ता र सहमति आवश्यक छैन । ऐन जारी गर्ने भएमात्र मन्त्रालय जान्छौं । सहमति र छलफलको आवश्यक छैन ।’

बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077