Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बैंककमा ओली र मोदीबीच ३५ मिनेट 'वान टु वान' वार्ता, के भयो कुराकानी ?

बैंककमा ओली र मोदीबीच ३५ मिनेट 'वान टु वान' वार्ता, के भयो कुराकानी ?

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान (एक्लाएक्लै) वार्ता भएको छ ।

बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्यान्डको राजधानी बैंककमा प्रधानमन्त्रीद्वयबीच ३५ मिनेट वान टु वान वार्ता भएको हो ।

वार्तापछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । जवाफमा मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएको बताइएको छ ।

भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारीलाई सहभागी नगराइएको स्रोतले बतायो । दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077