Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालेनलाई सुनिताको चेतावनी - कोठामा बसेर निर्देशन दिन पाइँदैन

बालेनलाई सुनिताको चेतावनी - कोठामा बसेर निर्देशन दिन पाइँदैन

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन् ।

बिहीबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो।

तर नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए । प्रवेश गरेलगत्तै बसेको अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले प्रमुख शाहलाई यस्तो चेतावनी दिएकी हुन् ।

उनले आजको यो तमासा मेयरको आदेश हो भने मेयर अघि आउनुपर्ने नभए होइन कोठामा बसेर आदेश दिन नपाइने बताइन‍्। उनले भनिन्, 'यो तमासा हामीले हेर्नुपर्नेरु मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको धारणा पनि राखिन्। महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077