Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेकालेबोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको हो ।

बोर्डका अनुसारउत्तर पुस्तिका परीक्षणको काम सकिएको छ भने इन्ट्री रुजुको काम भइरहेको छ । 

त्यसैले सकेसम्म असारको पहिलो हप्ता नभए दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाइएको छ। 

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।  परीक्षामा कुल चार लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077