काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ।
बोर्डका अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित काम हालसम्म ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ। साथै, परीक्षण भएका उत्तरपुस्तिकाको सम्परीक्षण प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको छ ।
बोर्डले परीक्षा सम्पन्न भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो, जसले नतिजा प्रकाशनलाई छरितो बनाउने लक्ष्य राखिएको छ।
देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका जाँच भइरहेको छ।