Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईको नतिजा वैशाख २९ भित्रै, एसएमएस र वेबसाइटबाट यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा वैशाख २९ भित्रै, एसएमएस र वेबसाइटबाट यसरी हेर्न सकिन्छ नतिजा

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अंतिमतिर सार्वजनिक गर्ने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डले सार्वजनिक सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ।

बोर्डका अनुसार उत्तरपुस्तिका तथा विद्यार्थी विवरण इन्ट्री पूरा भइसकेको छ भने हाल तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ। 

यस पटकको एसइई परीक्षामा उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै चेकजाँच गरिएको थियो। 

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। 

त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी भएका थिए।

तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।

11.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077