काठमाडौं । काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकमा आगलागी हुँदा एक युवतीको मृत्यु भएको छ ।
राजेश चन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङको कोठामा भएको आगलागीबाट मृत्यु भएको हो ।
आगलागी भइरहेको अवस्थामा प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरी टोली, स्थानीयबासी र मुमेनका बुबा ददिराम तामाङ समेतको टोलीले उद्धार गरी उपचारका लागि चाबहिल स्थित ओम अस्पताल लगेका थिए।
तर उपचारको क्रममा उनको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।