काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित हुँदा सडकमै पल्टिएको छ।
सूर्यविनायक नगरपालिका-७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको हो।
दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ ।
घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका-५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्।
उनीहरू सबैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।