Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नेविसंघको असन्तुष्ट समूहद्धारा महेन्द्र मोरङ क्याम्पसमा आगजनी प्रयास

नेविसंघको असन्तुष्ट समूहद्धारा महेन्द्र मोरङ क्याम्पसमा आगजनी प्रयास

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट समूहले महेन्द्र मोरङ क्याम्पसमा आगजनी प्रयास गरेको छ ।

नेविसंघका तर्फबाट भन्दै महेन्द्र मोरङ कलेजमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचन समितिले ‘स्वतन्त्र’ पारिदिएको भन्दै आगजनी र तालाबन्दीको प्रयास भएको हो।

निर्वाचन समितिले नेविसंघको संस्थापन समूहलाई आधिकारिकता दिँदै शेखर कोइराला समर्थक समूहलाई स्वतन्त्र बनाएपछि विरोधमा बुधबार आगजनी र तालाबन्दी प्रयास भएको थियो।

विद्यार्थीहरूले निर्वाचन कार्यालयमा आगजनी प्रयास गरेका थिए भने तालाबन्दी पनि गरेका थिए। तर प्रहरीले ताला फोडेको छ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए।

महेन्द्र मोरङको स्ववियु सभापति पदमा नेविसंघबाट प्रज्वल विष्ट, अनेरास्ववियुबाट अनिष बोगटी, अखिल क्रान्तिकारीबाट रोहित यादवलगायत उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077