Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

हिमालय हब एडभेन्चरका सञ्चालकले गरे शैक्षिक सामग्री वितरण

हिमालय हब एडभेन्चरका सञ्चालकले गरे शैक्षिक सामग्री वितरण

बुधवार , फाल्गुण २८, २०८१

गोरखा । हिमालय हब एडभेन्चर प्रा.लिका सञ्चालक प्रकाश लामिछानेले गोरखाको एक विद्यालयका करिब ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

लामिछानेले भिमसेनथापा गाउँपालिका ४ स्थित धावामा रहेको श्री प्रभाव माध्यमिक विद्यालयका करिब ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

काठमाडौं स्थित ठमेलमा रहेको ट्राभल कम्पनीका प्रबन्ध निर्देशक लामिछानेले यस अघि पनि जिल्लाकै संस्कृत मावि र सरस्वती प्राविलगायत बुढिगण्डकी वृद्धआश्रममा पनि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका थिए।

वितरण कार्यक्रममा सोही कम्पनीका सिइओ पुरु रिमाल गाउँपालिका अन्य बुद्धिजीवीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

वितरण कार्यक्रममा विद्यालयका प्रअले इतिहासमा पहिलोपटक यसरी आफ्नो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई पढ्न सहयोग पुर्‍याउने उद्देश्यका साथ हिमालयन हब संस्थाको माध्यामबाट आफ्नो विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।

साथै आगामी दिनहरुमा पनि साथ सहयोग को अपेक्षा रहेको बताए । निर्देशक लामिछानेले आफ्नो संस्थाले गरेको योगदानको बारेमा जानकारी गराउँदै उनले विद्यार्थीहरूको व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउँदो दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भोलिका दिनमा पनि आफ्नो संस्थाले विदेशी टुरिष्टहरुसग सहकार्य गरी गाउँ समाजलाई चाहिने सहयोग गर्नको लागि आफूहरु सधैँ तयार रहेको लामिछानेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077