Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । सरकारले आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

‘निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ,’ मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बास्तोलाले पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका थिए । पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गर्दै उनको वक्तव्यको स्वागत गरेपछि मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077