Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

रोल्पामा एक जना जेष्ठ नागरिक वनमा मृत फेला

रोल्पामा एक जना जेष्ठ नागरिक वनमा मृत फेला

मंगलवार , फाल्गुण २७, २०८१

रोल्पा । रोल्पामा एक जना जेष्ठ नागरिक वनमा मृत अवस्थामा फेला परेका छन्।

लुङ्ग्री गाँउपालिका–५ पुरानो बुझिङस्थित सुनथोक सामुदायिक वनमा ६४ वर्षीय जिते विक मृत अवस्थामा फेला परेका हुन्।

सोमबार दिउँसो एक जनाको शव वनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतककी बहिनी जस्मता विकले गरेकी हुन्।

मृतक फागुन १९ गते घरबाट निस्किएको खुलेको छ।

फागुन २१ गते उनका भाइले दाजु जिते विक हराएको भन्दै खोजी गरिदिन प्रहरी चौकी किलाचौरमा निवेदन दिएका थिए।

शब पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077