Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाल-युगाण्डा द्विपक्षीय व्यापार तथा लगानीबारे काठमाडौंमा छलफल

नेपाल-युगाण्डा द्विपक्षीय व्यापार तथा लगानीबारे काठमाडौंमा छलफल

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । काठमाडौंमा नेपालका लागि युगाण्डाका नवनियुक्त राजदुत जोयस काकुरामात्सु किकाफुन्डाको उपस्थितीमा द्धिपक्षीय व्यापार तथा लगानीबारे छलफल भएको छ ।

गत शुक्रबार काठमाडौंस्थित होटेल दुसित प्रिन्सेसमा एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा सो छलफल भएको हो ।

छलफलमा राजदूत किकाफुन्डाले नेपाल-युगाण्डाबीच धेरै समानता रहेको बताउँदै नेपाली व्यवसायीलाई युगाण्डामा लगानी गर्न आग्रह गरिन् ।

उनले युगाण्डामा लगानीमैत्री वातावरण रहेको, उद्योग खोल्न निःशुल्क जमिन, आयकर छुट तथा विविध सुविधा प्रदान गरिने जानकारी दिइन् । युगाण्डाको कफि विश्वभर लोकप्रिय रहेको बताउँदै नेपालमा पनि यसको चासो बढ्दो रहेकोमा खुसी व्यक्त गरिन् ।

नेपालका लागि युगाण्डाका प्रस्तावित कन्सुलर जनरल विनय उपाध्यायले दुई देशबीच जनस्तरमा सम्बन्ध विस्तार भइरहेको उल्लेख गर्दै भविष्यमा लगानी र व्यापार प्रवर्द्धनमा जोड दिने बताए ।

करिब दुइ दर्जनभन्दा बढि उद्योगी तथा ब्यापारीले सो छलफलमा राजदुतसँग युगाण्डामा लगानीको अवसरका बारेमा अन्तकृया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077