Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष रसिया-युक्रेन युद्धमा मारिए

एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष रसिया-युक्रेन युद्धमा मारिए

मंगलवार , फाल्गुण २७, २०८१

रोल्पा । रसिया र युक्रेनको लडाईँमा एक नेपाली मारिएका छन् । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया-युक्रेनको लडाईँमा मारिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा भर्न भएका थिए । उनले रसिया-युक्रेनको बेलाबेला भइरहने लडाइँले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट बताउँथे ।

केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवार आत्तिएका थिए । तर फागुन २४ गतेमात्र उनको मृत्युबारे परिवारले थाहा पायो । मृत्यु भएको यकिन मितिसमेत परिवारले अहिलेसम्म थाहा नपाएको बताइएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि उनी रसिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077